अभिनेत्री अनु शाहले हिरोइनको रुपमा अभिनय गर्ने फिल्म ‘लक्ष्य’को घोषणा गरिएको छ । मिलन आले मगरको निर्देशनमा तयार हुन लागेको फिल्म ‘लक्ष्य’ले शनिबार डिल्लीबजारमा औपचारिक कार्यक्रम गर्दै फिल्मको घोषणा गरेको हो ।
फिल्ममा अनुशाको अपोजिटमा भने सविन श्रेष्ठले अभिनय गर्ने छन् । घोषणा कार्यक्रममा अनु शाह उपस्थित भएपनि सविन श्रेष्ठ भने देखिएनन् । सविन ‘भाग सानी भाग’को सुटिङमा राजधानी बाहिर भएकाले कार्यक्रममा उपस्थित नभएको निर्माण युनिटले जानकारी गरायो ।
देशका लागि केही गर्ने लक्ष्य लिएर अगाडि बढ्ने पात्रको कथामा निर्माण हुने फिल्ममा सविन र अनुसँगै भानु प्रताप, कमल आले, उत्तम के.सी, सारिका के.सी, सुरेन बस्याल आदि कलाकारको अभिनय रहनेछ । फिल्मलाई ओमलाल गुरुङ र किरण गुरुङ मिलेर बनाउन लागेका हुन् ।
फिल्ममा सुशिल पंगेनीको पटकथा, अर्जुन पोखरेल र टंक बुढाथोकीको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र सुमन तण्डुकारको छायांकन रहनेछ । फिल्मको सुटिङ यही १० गतेबाट सुरु हुनेछ ।