Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनु शाहको `लक्ष्य`

फिल्मीखबर, काठमाडौं, 2015/04/18

अभिनेत्री अनु शाहले हिरोइनको रुपमा अभिनय गर्ने फिल्म ‘लक्ष्य’को घोषणा गरिएको छ । मिलन आले मगरको निर्देशनमा तयार हुन लागेको फिल्म ‘लक्ष्य’ले शनिबार डिल्लीबजारमा औपचारिक कार्यक्रम गर्दै फिल्मको घोषणा गरेको हो ।

 

फिल्ममा अनुशाको अपोजिटमा भने सविन श्रेष्ठले अभिनय गर्ने छन् । घोषणा कार्यक्रममा अनु शाह उपस्थित भएपनि सविन श्रेष्ठ भने देखिएनन् । सविन ‘भाग सानी भाग’को सुटिङमा राजधानी बाहिर भएकाले कार्यक्रममा उपस्थित नभएको निर्माण युनिटले जानकारी गरायो ।

 

देशका लागि केही गर्ने लक्ष्य लिएर अगाडि बढ्ने पात्रको कथामा निर्माण हुने फिल्ममा सविन र अनुसँगै भानु प्रताप, कमल आले, उत्तम के.सी, सारिका के.सी, सुरेन बस्याल आदि कलाकारको अभिनय रहनेछ । फिल्मलाई ओमलाल गुरुङ र किरण गुरुङ मिलेर बनाउन लागेका हुन् ।

 

फिल्ममा सुशिल पंगेनीको पटकथा, अर्जुन पोखरेल र टंक बुढाथोकीको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र सुमन तण्डुकारको छायांकन रहनेछ । फिल्मको सुटिङ यही १० गतेबाट सुरु हुनेछ ।

Most Visited News (monthly)