मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साहरुखलाई एसियन अवार्ड

फिल्मीखबर, काठमाडौं, 2015/04/18

हिन्दी फिल्म क्षेत्रमा अभूतपूर्व योगदान पर्याएको भन्दै बलिउडका अभिनेता शाहरूख खानलाई 'द एशियन अवार्डस्'बाट सम्मानित गरिएको छ । लण्डनमा आयोजना गरिएको कार्यक्रममा शाहरूखलाई यो उच्च सम्मान दिइएको हो । शुक्रबार आयोजना भएको कार्यक्रममा मनोरञ्जन क्षेत्रका चर्चित हस्तीहरुले आफ्नो प्रस्तुती दिएका थिए ।

 

शाहरूखले अवार्ड पाएपछि कार्यक्रममा सहभागी सबै सेलिब्रेटीको साथमा रातभर पार्टी आयोजना गरेका थिए । उनले अन्तरराष्ट्रिय स्तरका थुप्रै अवार्ड जितेका छन् । अवार्ड पाएपछि शाहरूखले आफूलाई यो सम्मानले झनै हौसला मिलेको बताए ।

 

शाहरूखले २५ बर्षदेखि बलिउडमा काम गर्दा देश तथा विदेशमा रहेका फ्यानहरुले मायाले आफूलाई बलिउडको राजा बनाएको पनि बताए ।