मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.00/5.00)
Text size:-
+
-

एनआरएनसँगको प्रेममा गरिमा

फिल्मीखबर, काठमाडौं, 2015/04/17

अभिनेत्री गरिमा पन्तले आफ्नो प्रेमलाई लुकाउन खोजेपनि त्यो लुकेन । मिडियामा लामो समयदेखि आफ्नो प्रेमलाई लुकाउँदै आएकी गरिमाले यसलाई गोप्यता दिने चाहना पुरा गर्न सकिनन् । विगत २ बर्षदेखि उनी एक एनआरएनसँग प्रेममा रहेको खुलासा भएको हो ।



अभिनेत्री पन्त विगत २ बर्षदेखि वेल्जियममा बस्दै आएका हरी थपलियासँग प्रेममा छिन् । २ बर्ष अगाडि यूरोपमा आयोजना भएको सांकृतिक कार्यक्रममा सहभागी हुन गएको समयमा हरी र गरिमा नजिक भएका थिए । यसपछि यी दुइले निकटतालाई प्रेममा बदलिएका हुन् ।



बेल्जियममा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका विवाहित हरीसँग गरिमा निकट भएकी हुन् । दुबै जना आफ्नो सम्बन्धको बारेमा गम्भिर पनि छन् ।  दुबैले चाडै नै बिहे गर्ने योजना पनि बनाएका छन् । हरी डिभोर्सी पुरुष हुन् । उनकी एक चाइनिज श्रीमती थिइन् । तर, गरिमासँग प्रेममा परेपछि हरीले श्रीमतीलाई डिभोर्स दिएका हुन् । हरी गरिमालाई भेट्न बारम्बार नेपाल आउने गरेका छन् ।