मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

जिवन र नीताको जम्दो केमेष्ट्री

फिल्मीखबर, काठमाण्डौ, 2015/04/17

अभिनेता जिवन लुइटेल र अभिनेत्री निता ढुंगानाको जोडी अहिले नेपाली फिल्ममा सफल मानिन्छ । फिल्म नोटबुकपछि यी दुइले अभिनय गरेको फिल्म भुल भूलैया प्रदर्शनमा आयो । नोटबकु र भुल भूलैया दुबै सफल भएपछि यो जोडीलाई अहिले सफल जोडीको रुपमा चित्रण गर्न थालिएको छ ।

 

यसैले पनि होला, जिवन र नितालाई एकसाथ पर्दामा खेलाउन निर्माताहरु अगाडि देखिएका छन् । वैशाख १८ गतेबाट प्रदर्शनमा आउने पक्का भएको फिल्म धुनमा पनि जिवन र निताकै जोडीलाई अगाडि सारिएको छ । जिवन र निताको जोडी फिल्ममा समावेश गीतका कारण पनि चर्चामा छन् । यसैले, यो  जोडीलाई निर्देशक कृष्ण पौडेलले पनि धुनमा सांगीतिक जोडीको रुपमा प्रस्तुत गरेका छन् । अमेरिकामा रहेका जिवन फिल्म प्रदर्शनको सेरोफेरोमा नेपाल आउने यसको निर्माणपक्षले बताएको छ ।

 

यो फिल्ममा जिवन र निताका अलवा मुकेश ढकाल, श्रेया दुलाल, उमा वेवी मुख्य भूमिकामा छन् । फिल्ममा सुशिल शाह, विनोद भट्ट, मधुसुदन भट्टराई, श्रेया दुलालको लगानी छ । फिल्ममा लक्की सिटौलाको संगीत, विरेन्द्र भट्टको छायांकन छ ।