मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 2.67/5.00)
Text size:-
+
-

छविले शिल्पालाई नछाड्ने

फिल्मीखबर, काठमाण्डौ, 2015/04/17

अभिनेत्री शिल्पा पोख्रेलको साथ नछाड्ने निर्माता छविराज ओझाले बताएका छन् । छविले निर्माण गर्न लागेको फिल्म 'किस्मत २' मा अभिनेत्री शिल्पाको विकल्प खोजिन लागिएको चर्चा फिल्म बजारमा केही दिनदेखि गर्माएको थियो ।

 

शिल्पाले आफ्नै फिल्म हवल्दार सुन्तलीलाई समय नदिएको, करिश्माको 'फागु' फिल्ममा अभिनय गरेको भन्दै छवि उनीसँग आक्रोशित भएको खबर फिल्म बजारमा चलेको थियो । तर, फिल्म 'हवल्दार सुन्तली'को प्रेस शो आयोजना गरिएको गोपिकृष्ण हलमा छविले शिल्पाको साथ नछाड्ने बताएका हुन् । उनले शिल्पा र आफूविचको सम्बन्धमा कुनै खालको दरार उत्पन्न नभएको पनि बताए ।

 

फिल्म 'हवल्दार सुन्तली'की मुख्य पात्र शिल्पालाई अंगालो हाल्दै छविले मधुर मुस्कान दिए, शिल्पा पनि मख्ख परिन् । शिल्पा र छविको यो केमेष्ट्री हेर्दा अहिले नै उनीहरुको सम्बन्धमा दरार आएको जस्तो देखिदैनथ्यो । सविन श्रेष्ठ, किशोर खतिवडाको पनि मुख्य भूमिका रहेको यो फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । फिल्मले अहिले राम्रो व्यापार गरिरहेको छ ।