Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

'फागु'सँग जुध्दै' होमवर्क'

फिल्मीखबर, काठमाडौं, 2015/04/13

अभिनेत्री करिश्मा मानन्धरले निर्माण गरेको फिल्म फागु सोलो प्रदर्शनमा नआउने भएको छ । अब, यो फिल्म गोपिकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको फिल्म होमवर्कसँगै प्रदर्शनमा आउने भएको छ । करिश्माले प्रदर्शन मिति तोकेको केही समयमा नै गोपिकृष्णले पनि प्रदर्शन मिति सार्वजनिक गरेसँगै फागु र होमवर्क बीच भिडन्त हुने भएको हो । दुवै फिल्म भदौ २५ गते प्रदर्शन हुनेछन् ।

 


करिश्माको फिल्ममा अभिनेत्री शिल्पा पोखरेलले शिर्ष भूमिकामा काम गरेकी छिन् । यो  फिल्मको छायांकन विरगञ्जमा गरिएको थियो । यस्तै, महंगो बजेटको भनिएको गोपिकृष्ण मुभिजको ब्यारनमा निर्मित फिल्म होमवर्कमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, गौरी मल्ल मुख्य भूमिकामा छन् । यो फिल्ममा आर्यन दोहोरो भूमिकामा देखिने छन् । आर्यनलाई दर्शकले तन्नेरी र वृद्ध भूमिकामा  देख्नेछन् ।

 


सुरुवातमा फिल्म फागुमा करिश्माले गोपिकृष्ण ब्यानरसँग सहकार्य गर्ने तयारी गरेकी थिइन् । तर, फिल्मको छायांकनको प्रारम्भमा गोपिकृष्णको साथ छाड्दै करिश्माले एक्लै काम गरेकी थिइन् । जहाँबाट करिश्मा र गोपिकृष्ण मुभिजको शितयुद्ध सुरु भएको हो । यसैले पनि करिश्माको फिल्मलाई टार्गेट गरेर फिल्म जुधाइएको हुनसक्ने अनुमान गर्न सकिन्छ । किनकी रिलिज मिति होमवर्कले भन्दा पहिले फागुले नै सार्वजनिक गरेको थियो ।

Most Visited News (monthly)