Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'दिलवाले'को म्यूजिकलाई १९ करोड

फिल्मीखबर, काठमाडौं, 2015/04/13

छायांकन नसकिँदै फिल्म दिलवालेको म्यूजिक राइट्स  बिक्रि भएको छ । प्रितमले संगीत भरेको यो फिल्मको गीत १९ करोडमा विक्री भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
साहरुख खान, काजोल, बरुण धवन र कृति सेननको मुख्य भूमिका रहेको यो फिल्मलाई यो बर्षको क्रिसमसमा प्रदर्शनमा ल्याउने तयारी गरिएको छ । तर, फिल्मको कुनै पनि दृश्य सार्वजनिक नहुँदै यसको म्यूजिकको राइट्स विकेको हो ।

 


ब्लिउड फिल्ममा अहिले गीतसंगीतको राइट्सबाट पनि निर्मातालाई राम्रो रकम आउन थालेको छ । दिलवालेमा साहरुख र काजोलको जोडी ५ बर्षपछि एकसाथ देखिन लागेकाले पनि गीत उत्कृष्ट बनेको अपेक्षा गरिएको छ । जसका कारण पनि यति महंगो रकममा गीतको अधिकार विक्री भएको हुनसक्छ । शाहरुख र काजोलको जोडी यसअघि माई नेम इज खानमा देखिएको थियो । स्मरण रहोस् काजोल र शाहरुखको अभिनय रहेको कुनै पनि फिल् फ्लप भएका छैनन् ।

Most Visited News (monthly)