तीन युवाको जीवनशैलीलाई प्रस्तुत गर्ने फिल्म ‘कामचोर’को प्रोमो सार्वजनिक भएको छ । केही दिन अघि औपचारिक कार्यक्रम गर्दै रिलिज मिति सार्वजनिक गरेको फिल्मले लगत्तै प्रोमो सार्वजनिक गरेको हो । सार्वजनिक प्रोमोमा तीन युवाको जीवनशैली प्रतिबिम्बित गरिएको छ । प्रोमोले फिल्म युवा केन्द्रित रहेको स्पष्ट पारेको छ ।
दिनेश श्रेष्ठले निर्देशन गरेको फिल्म आउँदो वर्षको जेठ एकमा प्रदर्शन हुँदैछ । फिल्ममा हर्षिका श्रेष्ठ पुष्कर रेग्मी, रविन्द्र बस्नेत, बालदीप राई आदि कलाकारको अभिनय रहेको छ ।
हेर्नुहोस फिल्मको प्रोमो ः

