मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.33/5.00)
Text size:-
+
-

‘नाई नभन्नु ल ३’ र ‘हवल्दार सुन्तली’ नभिडेको भए ?

फिल्मीखबर, काठमाडौं, 2015/04/12

नेपाली फिल्मका निर्माताहरुले एकले अर्कालाई नै सिध्यान खोज्छन् भन्ने उदाहरण बन्यो, चैत्र २७ । यो मितिमा प्रदर्शनमा आएका दुई फिल्म नाई नभन्नु ल ३ र हवल्दार सुन्तलीको व्यापारलाई हेर्ने हो भने यस्तो अड्कल काट्न सकिन्छ ।दुई सिनेमाले २ दिनमा करिब १ करोड १० लाख माथिको ग्रस कलेक्शन गरेका छन् । अर्को सिनेमा ‘सतो वाघ’लाई जोड्ने हो भने यो आँकडा अझ केही लाख माथि जान्छ ।

शुक्रबार र शनिबार आक्रामक व्यापार गरेका नाई नभन्नु ल ३ र हवल्दार सुन्तलीका निर्माताले नयाँ बर्ष अर्थात वैशाख १ गतेलाई अझै अर्को आशाको रुपमा हेरेका छन् । काठमाण्डौ भित्र छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म हवल्दार सुन्तली र काठमाण्डौ बाहिर विकास आचार्यको निर्माणमा बनेको नाई नभन्नु ल ३ को व्यापार माथि छ ।

तर, वैशाख १ गते पर्ने एक दिनको बिदालाई खाने भन्दै दुई ठूला र चर्चित ब्यानरका फिल्म जुध्दा यसले प्रत्यक्ष निर्मातालाई नै घाटा भएको देखियो । यदि, एउटा मात्र फिल्म प्रदर्शनमा आएको भए निर्माताले लगभग लगानी उठाइसक्थे, २ दिनमा । तर, दुई फिल्मको व्यापार बाँडिदा यसले प्रत्यक्ष रुपमा निर्मातालाई घाटा परेको छ ।

नाई नभन्नु ल २ ले ४ करोड माथिको ग्रस कलेक्शन गरेको थियो । तर, के यो बर्ष यो आँकडा दोहोरिएला त, समयलाई कुर्नै पर्छ । अर्को साता कुनै फिल्म नहुनु र वैशाख १ मा दर्शक फिल्म हेर्न हलमा आउने भएकाले पनि आशा गर्ने ठाउँ प्रशस्त छ ।