Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बर्षका न्यूज मेकर

फिल्मीखबर, काठमाडौं, 2015/04/12

३६५ दिन नै कुनै न कुनै घटनाले नेपाली फिल्म क्षेत्र रंगियो । विभिन्न मिडियाका पानाहरु कलाकारदेखि निर्माता, निर्देशकका समाचारले रंगिए । तर, सबै समाचारले उस्तै स्थान पाए भन्न सकिदैन । यो बर्ष प्रकाशन तथा प्रशारण भएका थुप्रै समाचारमध्ये केहीले मात्र बजार तताए । अझ भनौ उनीहरु न्यूज मेकर बन्न सके ।

 

१. सौगात बिष्ट ः वर्षको उत्तरार्धमा आएर निर्देशक सौगात विष्ट समाचारको हेडलाइनमा छाए । विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएपछि आठ वर्षिय  निर्देशक सौगात बिष्ट नेपाली फिल्मको पहिचान विश्वमानै गराउन सफल भए । उनको निर्देशन रहेको ‘लभ यु बाबा’ले अपेक्षित व्यापार त गरेन तर तर सोही फिल्म विश्वसामु नेपालमा पनि फिल्म उद्योग छ है भन्ने सन्देश छर्न सफल भयो । नेपालका मिडियामा मात्र होइन भारतीय मिडियाले पनि सौगातको समाचारलाई प्राथमिकताका साथ छापे ।


२. प्रियंका कार्की ः यो बर्षकी सर्वाधिक चर्चित न्यूज मेकर हुन् प्रियंका कार्की । विशेषगरि, फिल्म नाई नभन्नु ल ३ को सफलता पार्टीमा उनको भित्री बस्त्र देखिएपछि चर्चा खुबै भयो । यो घटनाले उजुरीदेखि माफीसम्मको मोड लियो । प्रियंका कार्कीको भित्री बस्त्र देखिएको घटनाले नेपाली मिडियामा उच्च स्थान पायो । जसका कारण उनी न्यूज मेकर बन्न सफल भइन् । उनी अभिनित फिल्म हरेक हप्ता रिलिज हुने र असफल हुने शृंखलाका कारण पनि उनी सदैव समाचारको केन्द्रमा रहिन् ।

 


३ रेखा र सुदर्शन प्रेम ः अभिनेत्री रेखा थापा र फिल्म हिम्मतवालीका अभिनेता सुदर्शन गौतमको प्रेम चर्चा पनि यो बर्षको न्यूज मेकर बन्न सफल भयो । रेखा र सुदर्शनले फेसबुकबाट नै आफ्नो प्रेमको खुलासा गरे । रेखालाई फेसबुकमै सुदर्शनले काली र मेरो बाबा भन्न थाले । यहा“बाट सुरु भएको उनीहरुको प्रेम र बिहेको चर्चा फिल्म चलुञ्जेलसम्म जारी रह्यो । दुईको प्रेम चर्चा सर्वाधिक चर्चित न्यूज मेकर बन्यो यो बर्ष । उत्तरार्धमा आएर दुवैको सम्बन्ध पहिलेझैं सुमधुर नरहेको खबर पनि सार्वजनिक भयो ।

 


४. शिल्पा र छविको बिहे ः स्याक्डल मच्चाउन सिपालु मानिएकी निर्माता छविराज ओझाले फिल्म लज्जाकी अभिनेत्री शिल्पा पोख्रेलस“ग बिहे गर्ने कुरा गरे । उनीहरुले रेष्टुरेन्टमा भेटेका कुरालाई पनि संचारमाध्यममा खुबै स्थान दिइयो । छविले शिल्पाले मानेको खण्डमा बिहे गर्छु भनेको घटनाले खुबै चर्चा पायो । तर, फिल्म चलाउनका लागि मात्र चलाइएको यो स्क्यान्डलले छवि र शिल्पालाई न्यूज मेकर बनाइदियो ।

 


५. सुरज गिरी र साहना बज्रचार्य ः यो बर्ष सर्वाधिक चर्चित न्यूज बन्यो, सुरज गिरी र साहाना बज्रचार्यको डान्सिङ कार । चितवनको बाटोमै आपत्तीजनक अवस्थामा भेटिएको खबरले मोडलद्धय सुरज गिरी र साहना बज्रचार्यलाई चर्चित बनाइदियो । यसपछि उनीहरुले एक व्यवसायीलाई अपशब्द प्रयोग गर्दै धम्की दिए । जसका कारण उनीहरु केही दिन थुनामा पनि परे । यी र यस्तै घटनाले उनीहरुलाई न्यूज मेकर बनाइदियो ।

 


६. निशाको मिडिया बर्गीकरण ः प्रेमी शरद भेष्वाकरसँगको सम्बन्धका कारण अभिनेत्री निशा अधिकारी बर्षभरी नै समाचारमा रहिन् । उनले सुरुवातमा शरदसँगको प्रेम स्विकार नगरेपनि बर्षको अन्तिमतिर आफू प्रेममा परेको बताइन् । फेरि, मिडियामा आएको समाचारलाई नै आधार मानेर उनले मिडियाको बर्गीकरण पनि गरिदिइन् । फेसबुकबाट उनले गरेको बर्गीकरणले व्यापक चर्चा पायो । उनी, बर्षभरि यस्तै कुराले न्यूज मेकर बनिदिइन् ।

 


७ कबड्डी र नोभेम्बर रेन : यो बर्ष न्यूज मेकर कलाकार पात्र होइन, फिल्म पनि बने । विशेषगरि, कबड्डी र नोभेम्बर रेन नामका दुई फिल्म एकसाथ जुधेपछि यसले मिडियामा आफ्नै खालको तरंग पैदा गर्यो । यी दुई सिनेमाका लागि मिडिया नै बाँडिएको समेत भनियो । मिडियामा दुई फिल्मलाई समर्थन र विरोध गरेर आ आफ्नै खालका समाचार देखिए । यसले, फेसबुकमा यो फिल्मका मेकरको आक्रोश र वार नै देखियो ।

 


८. आर्यन सिग्देल र सुवास थापाको आरोप प्रत्यारोप ः आर्यन सिग्देल र सुवास थापाको दन्त बझानले पनि एक समय मिडियामा राम्रै स्थान पायो । अभिनेता सुवास थापाले आर्यनलाई सलमान खान र शाहरुख खानको डुप्लिकेट भनेर टिप्पणी गरेपछि आर्यनले पनि आफूलाई तुलनाको योग्य मानेको धन्यवाद भन्दै डिप्लोमाटिक उत्तर दिए । सुवास र आर्यनको दन्त बझानलाई धेरैले रेखा र आर्यनको दुश्मनीको छायाँको रुपमा पनि अथ्र्याए । जतिबेला सुवासले आर्यनमाथि हमला गरे त्यो बेला सुवास रेखा थापासँग तथास्तु खेल्दै थिए । त्यसैले सुवासका शब्दलाई रेखाको धारणा समेत भनियो ।

 


९ नीता र आमेषको प्रेम ः प्रेमकै कारणले न्यूज मेकर बन्ने अर्को जोडी हो, अभिनेत्री नीता ढुंगाना र अभिनेता आमेष भण्डारी । यो जोडीले पनि आफ्नो ३ बर्ष लामो प्रेम सम्बन्धलाई खुलासा गर्यो । यसपछि उनीहरु सार्वजनिक स्थानमा सधैजसो देखिन थाले । जसले समाचारमा उच्च स्थान पाएको छ । यो  जोडी यो बर्ष न्यूज मेकर बन्न सफल भयो ।

 


१०. केकी र राजेश पायल राईको प्रेम प्रसंग ः विवादमा नआउने केकी अधिकारी पनि यो साल न्युजमेकर बनिन् ।  ऋण नतिर्दा घर लिलामीको सूचना निस्कँदा धेरैले यसलाई केकीको प्रतिष्ठासँग जोडेर समाचार बनाए । वर्षको अन्ततिर भने केकीको नाम गायक राजेश पायलसँग जोडियो । केकी र राजेशले विवाह गर्न लागेको समेत समाचार सार्वजनिक भए । अन्त्यमा बाध्य भएर केकीले समाचारको खण्डन नै गरिन् ।
 

Most Visited News (monthly)