बलिउडकी चर्चित अभिनेत्री रिया सेनको दुईवटा फ्ल्याटमा आगलागी भएको छ । मुम्बइको जुहुको रुयया पार्कमा रहेको रियाको फ्ल्याटमा आगो लागेको हो । रियाको बेडरुममा लगाइएको एयरकन्डिशनर सट भएर आगो फैलिएको थियो । उनको दुइवटै फ्ल्याटमा आगो लागेको थियो । आगो लागेर फ्ल्याट ध्वस्त भएपछि उनी अहिले आफ्नो नजिकको साथीकोमा बसिरहेकी छिन् ।
आगालागीको खबर तुरुन्तै दिएपनि दमकल ढिलो मात्र पुगेकाले क्षति धेरै भएको हो । यस बिषयमा रियाले असन्तुष्टि जनाएकी छिन् । रियाले सोसल मिडियाबाट नै आगालागी भएको जानकारी दिएकी हुन् । रातको २ बजे उनले आफ्नो दुबै फ्ल्याटमा आगो लाग्दा जलेर नष्ट भएको लेखेकी थिइन् । समयमै खबर गर्दा पनि दमकल एक घन्टा ढिला पुगेको र आगो नियन्त्रण गर्न एक घन्टा लागेको उनले ट्विटरमा लेखेकी छिन् । आगालागी भएपछि राती नै उनी आफ्ना आमा र बुबाको साथमा आफन्तको घरमा पुगेकी छिन् ।

