Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेठमा थपियो `कामचोर`

फिल्मीखबर, काठमाडौं, 2015/04/11

जेठ १ मा रिलिज हुने गरी अर्को फिल्म थपिएको छ । ‘कामचोर’ सो मितिमा रिलिज हुने नयाँ फिल्म हो । यसअघि ‘चंखे पंखे शंखे’ले आफ्नो रिलिज मिति सार्वजनिक गरिसकेको छ । फिल्मले शुक्रबार ट्रेलर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।


फिल्मलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा उनले छायांकन र लेखनको जिम्मेवारी पनि सम्हालेका छन् । उनले फिल्मले दर्शक रिझाउने दाबी गरे । ‘आजका युवाका कथालाई फिल्ममा स्थान दिएका छौं । राम्रो बनेको छ । मनपराउनेमा विश्वस्त छौं,’ श्रेष्ठले भने ।

 

सोही मितिमा उदय सुब्बा निर्देशित फिल्म ‘अग्नि’ पनि प्रदर्शन हुनेछ । दिनेशले अरु फिल्मले आफ्ना दर्शकलाई असर नगर्ने बताए । फिल्ममा हर्षिका श्रेष्ठ पुष्कर रेग्मी, रविन्द्र बस्नेत, बालदीप राई आदि कलाकारको अभिनय रहेको छ ।
 

Most Visited News (monthly)