फिल्म आशिकी २ मा एकसाथ काम गरेपछि आदित्य रोय कपुर र श्रद्धा कपुरको सम्बन्धले भारतीय मिडियामा खुबै चर्चा पायो । यो चर्चाले प्रेमको रुप पनि लियो । श्रद्धा र आदित्य प्रेममा रहेको समाचार खुबै आयो । यो समाचारले अहिले पनि स्थान पाइरहेको छ । तर, उनै श्रद्धा भने आदित्यसँग आफ्नो एक विशेष नाता जोडिएको बताउँछिन् ।
श्रद्धाले आदित्यसँग जोडिएको नाता मित्रताको भएको बताइन् । उनले भनिन्, मैले बारम्बार भन्दै आएको छु, हामीलाई आशिकी २ ले एक राम्रो साथी बनाएको छ र भोलीका दिनमा पनि हामी यस्तै साथी बन्नेछौ ।श्रद्धाले आदित्य रोय कपुरमात्र होइन निर्देशक मोहित सुरीले पनि एक राम्रो साथी पाएको बताइन् । उनले मोहित पनि आफूहरुको साथ सधै नै रहने बताइन् । बलिउडमा श्रद्धा र आत्दियको प्रेम चर्चा चलिरहेको छ । श्रद्धाको यो स्पष्टिकरणसँगै यसले विश्राम पाउने अपेक्षा गर्न सकिन्छ ।

