मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.33/5.00)
Text size:-
+
-

जिवन नहुँदा आर्यनलाई भ्याइनभ्याई

फिल्मीखबर, काठमाडौं, 2015/04/11

नेपाली फिल्म बजारमा अभिनेता र अभिनेत्रीको अभाव भएको सवैलाई थाहा छ । औलामा गन्न सकिने केही अभिनेता र अभिनेत्रीले नै अहिले बजार तताएका छन् । यसमा पनि अभिनेताहरु धमाधम विदेशमा हराइरहेका छन् । अभिनेता जिवन लुइटेल अमेरिका गएको ३ महिना बढी भैसक्यो, तर उनी फर्कने चालमाल छैन । उनी ग्रिनकार्ड पाएर फर्कने सुरसारमा छन् । जिवन अमेरिका गएपछि अहिलेका व्यस्त अभिनेता आर्यन सिग्देलको काम झनै बढेको छ ।

नेपाली फिल्म क्षेत्रमा जिवन र आर्यनले एकपछि अर्को काम गर्दै आएका थिए । फिल्म बनाउनेहरु पनि यी दुइलाई नै पहिलो रोजाई मान्थे । तर, जिवन गएपछि धेरैजसो फिल्मको अफर आर्यनलाई आउन थालेको छ । जसका कारण पनि आर्यनलाई भ्याइनभ्याई देखिन्छ ।

आर्यनले अहिले समय नभएकाले थुप्रै फिल्मको अफर अस्विकार गरेका छन् । जिवन लुइटेल भएको भएपनि मिलेर काम गरिन्थ्यो भन्न थालेका छन् आर्यनले । जिवन भने अमेरिकामा नै दंग छन् । आर्यनको हातमा अहिले दर्जन बढी फिल्म छन्, जसलाई भ्याउन उनलाई नै धौ धौ परिरहेको छ । जसका कारण पनि उनले अफर आएका धेरैजसो फिल्म गर्न थालेका छन् । नेपाली फिल्ममा अभिनेताको अभाव हुदा आर्यनको भागमा अत्याधिक फिल्म आएको हो ।