Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

अनमोलले झरनाको फिल्म खेल्न नभ्याउने

फिल्मीखबर, काठमाडौं, 2015/04/11

अभिनेत्री झरना थापाले निर्देशनमा डेब्यु गर्ने भनिएको फिल्म  ‘ए मेरो हजुर २’ अनमोल केसीले खेल्न नभ्याउने भएका छन् । अनलाइन मिडियामा अनमोलले झरनाको फिल्म खेल्ने सम्बन्धमा आएका समाचार माथि प्रतिक्रिया जनाउँदै उनले ‘ए मेरो हजुर २’ नगर्ने जनाएका हुन् । अनमोलले ‘ए मेरो हजुर २’ मात्र नभई होम प्रोडक्सनको फिल्म नसकिउन्जेल सम्म कुनै पनि फिल्म खेल्ने मनस्थितिमा नरहेको फिल्मीखबरलाई बताएका  छन् ।

 


‘नेफ्टा अवार्डको बेला झरनाजीले फिल्म अफर गर्नु भएको हो । तर हाललाई म आफ्नै होम प्रोडक्सनको फिल्ममा व्यस्त छु र तत्काल अरु कुनै फिल्म गर्ने सोचमा छैन’, अनमोलले भने, ‘ मैंले वर्षको एक वा दुई भन्दा बढी सिनेमा खेल्ने सोच बनाएको छैन । यो साल त्यो कोटा पूरा भईसकेकाले झरना जीको फिल्म पनि नखेल्ने सोच बनाएको हुँ ।’


अनमोल हाल आफ्नै बुबा भुवन केसीले निर्देशनमा डेब्यु गर्न लागेको फिल्म ‘ड्रिम्स’मा व्यस्त छन् । यही वैशाखको ३ गतेबाट ‘ड्रिम्स’को सुटिङ थालिने छ । अनमोलले अपर मुस्तांगबाट सुटिङको पहिलो सेड्युल सुरु हुने हामीलाई जानकारी गराए । अनमोलले जेरी हिट भएयता १० वटा भन्दा बढी राम्रो व्यानरको फिल्म अफर आएर पनि गर्न नभ्याएकोमा  अफसोस लागेको बताएका  छन् ।
 

Most Visited News (monthly)