Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुवास र नीता ‘लालजोडी’

फिल्मीखबर, काठमाडौं, 2015/04/10

फिल्मको पर्दामा पहिलो पटक अभिनेता सुवास थापा र अभिनेत्री निता ढुंगानाको जोडी जम्ने भएको छ । यो जोडीले पहिलो पटक फिल्म ‘लालजोडी’मा काम गर्न लागेको हो ।
लक्ष्मण सुवेदीले निर्देशन गर्न लागेको फिल्ममा सुवास र निताले प्रेमको रंग कोर्नेछन् । फिल्मका अन्य कलाकार पक्का नभएपनि मुख्य कलाकार फाइनल भएको निर्देशक सुवेदीको भनाई छ ।

फिल्ममा भावनात्मक कुराको साथै कमेडी पाटोलाई बिशेष महत्व दिइएको छ । फिल्म हेर्दा दर्शकले पूर्ण मनोरञ्जन गर्ने लक्ष्मणले बताए ।यो फिल्मको छायांकन वैशाखको तेश्रो साताबाट काठमाण्डौ र दामनमा गरिनेछ । फिल्ममा सन्तोष श्रेष्ठ र टंक बुढाथोकीले संगीत भरेका छन् । अष्ट महर्जनको द्धन्द्ध रहने फिल्मलाई रामेश्वर कार्कीले खिच्नेछन् । यसअघि फिल्म एउटा साथी बनाएका लक्ष्मणले ‘लालजोडी’लाई अझ दर्शकले मन पराउने लयमा बनाउने बताए ।
 

Most Visited News (monthly)