बलिउड अभिनेत्री सन्नी लियोनीले आफूलाई अहिले नै आमा बन्न मन नलागेको बताएकी छिन् । उनले अहिले नै परिवारलाई अगाडि बढाउन नचाहेको बताएकी हुन् । उनले भनिन्, यदि मैले बच्चाको बारेमा सोच्दिन भने म गलत हुन्छु । तर, अहिले गर्भवती बन्ने समय नै होइन ।
सन्नीले आफ्नो बच्चा होस् भन्ने त चाहेको तर एक बर्षका लागि आफ्नो शरीर बिगार्न नचाहेको बताइन् । गर्भवती भएपछि अधिकांश अभिनेत्रीको शरीर बिग्रिएको पाइन्छ । जसबाट उनीहरुको करिअरलाई नै असर पर्ने गरेको छ । बलिउडमा पाइला चाले लगतै सफलताको सिडी चढिरहेकी सन्नीले अझै करिअरमा समय दिनु आवश्यक भएको बताइन् । अप्रिल १ मा एक चर्चित अनलाइनले सन्नी गर्भवती भएको खबर छापेपछि यसले चर्चा पाइरहेको छ ।

