मानिसको थर जन्मेपछि परिवर्तन हुदैन भनिन्छ । बिहे गरेपछि महिलाहरुले आफ्नो थर हटाएर पतिको थर राखेपनि अहिले दुबै राख्न थालेका छन् । यसैले पनि मानिसलाई परिचय दिने भनेकै थरले हो ।
तर, अभिनेत्री पूजना प्रधान भने आफ्नो थर बारम्बार परिवर्तन गर्छिन् । उनी मिडियालाई कहिले स्त्रि लेखिदिन आग्रह गर्छिन् त कहिले प्रधान । सुरुमा मिडियामा पूजना प्रधान भनेर नाम आएपनि पछि उनले जय संगतमा लागेर स्त्रि लेखिदिन भनिन् । महिला र पुरुष मात्र जात हुने भन्दै उनले आफूलाई स्त्रि भन्दै चिनाइन् । तर, उनको स्त्रिले लामो समय काम गरेन ।
स्त्रि लेख्दा विमानस्थलमा समस्या पर्न थालेछ उनलाई । उनको पासपोर्ट र नागरिकतामा पूजना प्रधान गुरुङ छ । तर, मिडियामा स्त्रि भन्दै आएपछि विमानस्थलमा उनी केही बढी नै केरकारामा पर्न थालिन् । यसैले उनले फेरि आफ्नो नामको पछाडिबाट स्त्रि हटाएर प्रधान लेख्न थालेकी छिन् । थर परिवर्तन गर्ने पूजनाको यो नाटक कहिलेसम्म जारी रहने हो ?

