कथा लेखक शिवम् अधिकारीले भर्खर मात्र फिल्म सुश्री निर्देशन गरेका छन् । पहिलो फिल्म निर्देशन गर्न नपाउँदै उनले दोश्रो फिल्मको निर्देशन गर्ने तयारी पनि गरेका छन् । निर्माता रिमेश अधिकारीले ३ बर्षपछि यो फिल्मलाई निर्माण गर्न लागेका हुन् । ३ बर्षसम्म भारतमा बसेका रिमेश यही फिल्म बनाउन अहिले नेपालमा छन् ।
शिवम् अधिकारी र रिमेशको टिमले करिब ३ बर्षसम्म अनुसन्धान गरेर फिल्म नालापानी बनाउन लागेका हुन् । नालापानीको छायांकन वैशाखको अन्तिम साताबाट सुरु हुनेछ ।
फिल्म नालापानीले नालापानीको युद्धमा नेपालीहरुले देखाएको विरताको कथालाई फिल्ममा देखाउने निर्माता अधिकारीको भनाई छ । फिल्ममा सविन श्रेष्ठ र गणेश गिरी मुख्य भूमिकामा छन् । अन्य कलाकार पक्का भएपछि छायांकनमा जाने रिमेशले बताए । यो फिल्मको शुभसाइतमा राष्ट्रपति डाक्टर रामवरण यादवलाई निमन्त्रणा गर्नेे तयारी पनि गरिएको छ ।

