Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लोकतन्त्र दिवसमा `जन्मभूमी` (ट्रेलर हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2015/04/08
लोकतन्त्र दिवस अर्थात यही आउँदो बैशाख ११ गते रिलिज हुन लागेको फिल्म 'जन्मभूमी'को ट्रेलर सार्वजनिक भएको छ । प्रस्तुत सार्वजनिक ट्रेलरमा राष्ट्रिय भावना, माटोका कुरा, राजनैतिक अतिक्रमण, थिचोमिचो, बाह्य हस्तक्षेप जस्ता बिषयमा आक्रोश देखाइएको छ ।
 
मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको फिल्म 'जन्मभूमी'मा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बि.एस. लामिछाने र मोहन निरौलाको मुख्य भूमिका रहेको छ । यस्तै फिल्ममा विश्वकै कान्छा निर्देशक तथा बाल कलाकार सौगात विष्ट एवं नव कलाकारको रुपमा जेविका कार्की र अग्रिम गिरीको अभिनय छ । 
 
अम्बिका गिरीको प्रस्तुति रहेको फिल्ममा सुरज गिरीको लगानी रहेको छ । 'जन्मभूमी'लाई उपत्यका बाहिर एफडी कम्पनी र उपत्यका भित्र सुनिल मानन्धरले वितरण गर्दैछन् ।
 

Most Visited News (monthly)