आउँदो बैशाख १८ बाट प्रदर्शनमा आउने फिल्म ‘धुन’ को नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, उमावेवी लगायत फिचरिङ छन् ।
ईन्दिरा जोशीको स्वर रहेको ‘कृष्णको धुन’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत लक्की सिटौलाको छ । कविराज गहरतराजको कोरियोग्राफी रहेको गीत सुन्दा रोमान्टिक लाग्छ । ‘धुन’मा कृष्ण पौडेलको निर्देशन छ । यो फिल्म मालती शाहको प्रस्तुतीमा तयार भएको हो ।

