नेपाल अफ्रिका चलचित्र महोत्सवको पाँचौ संस्करण यही जेठ ११ गतेबाट १३ गतेसम्म हुने भएको छ । काठमाण्डौको रसियन कल्चर सेन्टरमा आयोजना हुने यो महोत्सवको आयोजना कलेज अफ जर्नालिज्म एन्ड मास कम्यूनिकेशनले गर्न लागेको हो ।
महोत्सवमा नेपालका तर्फबाट २ वटा फिल्म `मसान` र `रंग वैजनी` छानिएका छन् । नीर शाहको निर्देशनमा बनेको फिल्म 'मसान'मा केकी अधिकारी, राजवल्लभ कोइराला, निता ढुंगाना मुख्य भूमिकामा छन् ।
शम्भु प्रधानले निर्देशन गरेको फिल्म 'रंग बैजनी'मा गरिमा पन्त, सुमिना घिमिरे, दिकपाल कार्कीको मुख्य भूमिका छ । दुबै नारीप्रधान फिल्म हुन् ।
यस्तै, महोत्सवमा अफ्रिकी महादेशका विभिन्न २० देशका ८ वटा फिल्म प्रदर्शन गरिनेछ । ५० वटा फिल्मले सहभागीता जनाउन आएतापनि ८ वटालाई छनोट गर्ने कलेजले जानकारी दिएको छ ।

