Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

सलमान खानमाथि मारपिटको आरोप

फिल्मीखबर, काठमाण्डौ, 2015/04/08
बलिउड अभिनेता मुद्दा र अदालतको पछि लाग्दा लाग्दै हैरान भैसकेका छन् । यो अप्ठ्यारो परिस्थितीबाट उनलाई छुटकारा मिल्ने अवस्था देखिएको छैन । 
 
सन् २००२ को हिट एन्ड रन केसको पछाडि सलमान दौडिएको नै १३ बर्ष भैसकेको छ । अब, उनी माथि अर्को उक केश लागेको छ । उनलाई फ्लाइटको क्रममा भ्रष्टाचार उन्मुलन समतिीका एक सदस्यमाथि मारपिट गरेको आरोप लागेको छ ।
 
४ नोभेम्बर २०१४ को दिन मुम्बईबाट दिल्ली आउँदै गरेको फ्लाइटमा सलमान खान र भ्रष्टचार उन्मुलन समितीका सदस्य रविन्द्र एकसाथ थिए । सोही क्रममा कुराकानी हुँदै जाँदा उनीहरुविच झगडा पनि भयो । सलमानले रविन्द्र माथि गाली गरे र केही दुव्र्यवहार पनि गरे । 
 
रविन्द्रका अनुसार सलमानका बडीगार्डले उनको केही कागजपत्र पनि लिएका थिए । अब अदालते यो अर्डर दिएको छ कि, एयरपोर्ट पुलिस सलमान खान र उनका बडीगार्डलाई आइपीसी धारा ३९२(चोरी), ३२३(नोक्सान गरेको), ५०४(वेइजत गरेको), ५०६(क्रिमिनल व्यवहार) मा मुद्दा चलाओस् । 
 
एयरपोर्ट प्रहरीले रविन्द्रको मुद्दा दर्ता गरेको छ र कारवाही अगाडि बढाएको छ ।
Most Visited News (monthly)