के अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसीको ब्रेकअप भएकै हो त ? फिल्मी बजारमा अहिले यो जोडीको ब्रेक अपको चर्चा पनि खुबै चलेको छ । यो बिषयमा आश्मा र संयमले केही पनि बोलेका छैनन् । आश्मा त यो बिषयमा आफूले कुरै नगर्ने बताउँछिन् ।
तर, फिल्मीकर्मी भन्छन्, आश्मा र संयम अहिले अलग भैसकेका छन् । उनीहरु सहमती मै टाढा भएका हुन् । अब यो कुरा दुई जनाको मुखबाट नसुनेसम्म थाहा नहोला ।
फिल्म 'नाई नभन्नु ल ३'को प्रिमियरमा देखिएका संयम र आश्मा एकअर्कासँग निकट देखिए । उनीहरुले एकसाथ कुराकानी पनि गरे भने तस्बिर पनि खिचाए । एउटै सिटमा बसेर फिल्म भने हेरेनन् ।
फिल्ममा संयम र आश्मा एक अर्कालाई खुबै मन पराएको भूमिकामा छन् । तर, विशेष परिस्थितीले उनीहरुलाई टाढा बनाएको हुन्छ । तर, संयमको मायाले आश्मालाई टाढा हुन दिदैन ।
के वास्तविक जिवनमा अलग भएको यो जोडी फेरि जोडिएला ? संयम र आश्माले फिल्म हेर्दा गर्दा एक अर्काको प्रेमलाई पनि रिल लाइफमा जस्तै अनुभुती गरे होलान् ।

