भारतमा अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको पनि खुबै चर्चा छ । उनलाई लिएर लाखौं फ्यान दिवाना छन् । तर, भारतीय प्रधानमन्त्री भन्दा पनि ठूलो रोल मोडल ठहरिएका छन्, बलिउड वादशाह शाहरूख खान ।
भारतको चर्चित टेलिभिजन आज तकले गरेको सर्वेक्षणमा शाहरूख सबैभन्दा ठूलो रोल मोडल ठहरिएका हुन् । उनलाई भारतका जनताले १४ प्रतिशत भोट दिएका छन् । यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र क्रिकेटर सचिन तेन्दुलकर १३–१३ प्रतिशत भोट पाएर दोश्रो स्थानमा छन् ।
यो सूचीमा राहुल गान्धीदेखि एवीजे अबदुल कलाम पनि छन् । तर, शाहरूखकै प्रतिस्पर्धी मानिएका सलमान खान र आमिर खान उत्कृष्ट १० को सूचीमा पनि छैनन् । बलिउडमा आफ्नै मिहिनेतका साथ बादशाह मानिएका शाहरूख पारिवारिक रुपमा पनि सफल छन् ।
३ सन्तानका पिता समेत रहेका शाहरूखबाट प्रभावित हुनेको संख्या करोडौं छ । विश्वमै शाहरूखको फ्यान संख्या करोड छ । उनको ट्विटरमा फलोअर १ करोड २० लाख माथि छ ।

