Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

पवनकलीसँग लजाए राजेश

फिल्मीखबर, काठमाण्डौ, 2015/04/06
पत्नी मधु भट्टराईको साथमा अमेरिका पुगेर अभिनेता राजेश हमाल नेपाल फर्किसकेका छन् । तर, उनले अमेरिका पुग्दा एउटा रमाइलो गफगाफ गरेका छन् । 
 
 
आजभन्दा ५ बर्ष अगाडि उनले 'द पवनकली शो'मा भेटेका थिए, माम्पी घोषलाई । 'द पवनकली शो'की संचालिका रहेकी माम्पी त्यतीबेलादेखि नै हमालसँग बिहे गर्ने कुरा गर्थिन् ।
 
उनै पवनकली अर्थात माम्पी घोषसँग अमेरिकामा हमाल फेरि आमुन्ने सामुन्ने भएका छन् । कुराकानीका क्रममा हमाललाई माम्पीले आफूलाई नरोजी मधुलाई किन रोज्नु भयो भनेर सोधिन् । जवाफमा हमालले मन पराउने हजार भेटिन्छन् गीत गाएका छन् ।
 
हमालसँग माम्पीले के अझै मलाई प्रेम गर्नुहुन्छ भनेर सोध्दा हमाल लजाएका छन् । यो कुराकानी युट्यूबमा चाडै नै आउने माम्पीको भनाई छ ।
 

Most Visited News (monthly)