Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आलियासँग चुम्बन गर्न मानेनन् खानले

फिल्मीखबर, काठमाण्डौ, 2015/04/03
बलिउड अभिनेत्री आलिया भट्ट फिल्ममा दिने चुम्बनका दृश्यका कारण पनि चर्चामा छिन् । उनले फिल्म 'टु स्टेट'मा त चुम्बनको बर्षा नै गरिन् । तर, उनै आलियासँग एक खान अभिनेताले भने चुम्बनको दृश्य दिन मानेनन् । 
 
 
'कपुर एन्ड सन्स' नामक फिल्ममा आलिया सिद्धार्थ मल्होत्रा र फवाद खानसँग काम गर्दैछिन् । यो लभ स्टोरी फिल्ममा आलियाको २ अभिनेतासँग अन्तरंग दृश्य राखिएको थियो । तर, अभिनेता फवाद खानले भने उनीसँगको अन्तरंग दृश्यलाई हटाउन भनेका छन् । 
 
फवाद पाकिस्तानबाट बलिउडमा आएका हुन् । उनले पर्दामा चुम्बनको दृश्य दिंदा दर्शक भड्किने भनाई उनको छ । साथमा उनी विवाहित भएकाले पनि आलियासँग चुम्बन गर्न नसक्ने बताउँछन् । फवादको यो आग्रहपछि फिल्म भित्रबाट केही त्यस्ता अन्तरंग दृश्य फालिएको छ ।
Most Visited News (monthly)