Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेठमा भरिए फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2015/04/03
नेपाली फिल्मको निर्माण कसरी भैरहेको छ र असफलताको चर्चाले पनि यसको निर्माणलाई फरक पारेको छैन भन्ने वुझ्न, वि.सं २०७२ सालको जेठ महिना हेरे पुग्छ । निर्माताहरु फिल्म बनाउन त तछाडमछाड गरि नै रहेका छन्, प्रदर्शनमा नै यस्तै तछाडमछाड देखिएको छ ।
 
नयाँ बर्ष नलाग्दै फिल्मका निर्माताले प्रदर्शनका लागि पालो लिइसकेका छन् । यो गति २०७२ को कात्तिक महिनासम्म देखिएको छ । यसमा पनि जेठ महिना बिशेष छ । 
 
अहिलेसम्मको तालिका हेर्ने हो भने जेठ महिनामा आशा गरिएका थुप्रै फिल्म भरिएका छन् । जसका कारण पनि जेठमा हरेक साता फिल्म प्रदर्शनमा आउने र जुध्ने देखिन्छ । जेठ १ गतेबाट करोड बजेटको भनिएको फिल्म 'चंखे शंखे पंखे' प्रदर्शनमा आउने भएको छ ।
 
यस्तै, यसको एक सातापछि अर्को आशातित फिल्म 'अधकट्टी'ले प्रदर्शन मिति तोकिसकेको छ । यही दिन फिल्म 'बर्दी' पनि प्रदर्शनमा आउने चर्चा चलेको छ । यसको एक साता नवित्दै अर्को प्रतिक्षा गरिएको फिल्म 'हाउ फन्नी' हलमा लाग्नेछ । 
 
'हाउ फन्नी' चलेको एक सातामै निखिल उप्रेतीले निर्देशन तथा निर्माण गरेको फिल्म 'भैरव' चल्दैछ । 'भैरव'सँग फिल्म 'सपना तिम्रो मेरो' चल्ने कुरा पनि छ । यसको एक सातामै फिल्म 'राहदानी' पनि चल्दैछ ।
 
जेठमा परेको ५ वटा शुक्रबार नेपाली फिल्मले भरिएका छन् । हिन्दी फिल्म र अंग्रेजी फिल्म पनि यही समयमा पक्कै पनि प्रदर्शनमा आउँदैछन् । एउटा नेपाली फिल्मले नै अर्को नेपाली फिल्मलाई एक साता पनि हलमा टिक्न नदिने देखिएको छ ।
 
के यसरी फिल्म चल्दा निर्माताको लाख र करोडको बजेट उठ्ला त ?
Most Visited News (monthly)