Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`चंखे शंखे पंखे`को ट्रेलर रिलिज | सुदर्शन छोडेर सुरेन्द्र तिर पूजा

फिल्मीखबर, काठमाण्डौ, 2015/04/03
आउँदो जेठ १ गते रिलिज हुने फिल्म 'चंखे शंखे पंखे' को ट्रेलर रिलिज गरिएको छ । रात्री भोज सहितको ठूलो जमघटका बीच बिहीबार कमेडी फिल्मको ट्रेलर रिलिज गरिएको हो ।
 
 
 
फिल्मको ट्रेलर रिलिजसँगै निर्माता सन्तोष सेनले अर्को फिल्म निर्माणको घोषणा गरेका छन् । 'चंखे शंखे पंखे'कै निर्देशक सुदर्शन थापालाई लिएर उनले 'प्रेम गीत' नामक फिल्म निर्माणको घोषणा गरेका छन् ।     
 
'चंखे शंखे पंखे' फिल्मकी मुख्य हिरोइन पूजा शर्माले पनि निर्माता सेनसँग मिलेर अर्को एक नयाँ फिल्म निर्माणको घोषणा गरिन् । पूजाले 'मीरा' शिर्षक रहने नारी प्रधान फिल्म निर्माणको घोषणा गरेकी हुन् । फिल्ममा पूजा आँफै हिरोइन चाँहि हुने छैनन् । पूजाले प्रेमी सुदर्शनलाई छाडेर सुरेन्द्र पौडेललाई निर्देशकको रूपमा लिने उदघोष गरिन् । 
 
'चंखे शंखे पंखे'मा पूजालाई टेलिभिजन रिपोर्टरको भूमिकामा देख्न सकिन्छ भने 'प्रेम गीत'मा चाँहि लभर गर्लको भूमिकामा देखिने बताईएको छ । 'प्रेम गीत'मा प्राविधिकहरु तर्फ 'चंखे शंखे पंखे'कै टिम दोहोरिने छ भने कलाकारहरु तर्फ भने केही हेरफेर हुनसक्ने निर्देशक थापाले जानकारी गराए ।
 

Most Visited News (monthly)