निर्मल शर्माले निर्देशन गरेको फिल्म 'चकलेट'को प्रदर्शन शुरूवात हङकङबाट हुने भएको छ । आउँदो जुन २८ गते हङकङमा फिल्मको प्रिमियर गर्ने निर्माता खुसी गुरूङले जानकारी दिईन् ।
सडक बालबालिकाको कथामा आधारित 'चकलेट'को हङकङ प्रिमियरमा निर्देशक शर्मा र अर्की निर्माता तथा अभिनेत्री पूजना प्रधान स्त्री सहभागी हुने भएका छन् ।
हङकङको सफल प्रदर्शनपछि यूके, अष्ट्रेलिया लगायतका देशमा फिल्म देखाईने निर्माता गुरूङले जानकारी दिईन् । पछिल्लो समयमा नेपाली फिल्म एकपछि अर्को फ्लप भइरहेको अवस्थामा यो फिल्मले राम्रो व्यापार गर्नेमा निर्माण समूह ढुक्क छ । फिल्मको लगानी बिदेशी बजारबाटै उठाउने निर्माताको सोच छ ।
नेपाल रिलिज मिति तय नगरिएको 'चकलेट'मा डा.आयुश्मान घिमिरे, पूजना स्त्री, केशव भट्टराई, कमल मैनाली, सुनिता ठाकुर, अनुज शाक्य, नम्रता झा, सुमन गैरे लगायतले अभिनय गरेका छन् ।

