अभिनेता निखिल उप्रेतीको कमब्याकलाई फिल्म क्षेत्रमा पनि विशेष नजरले हेरिएको छ । स्टारडम हुँदा हुँदै अभिनेत्री संचिता लुईटेललाई भगाएर मुम्बई पसेका निखिल ५ बर्षपछि आफै निर्देशक बनेर 'भैरब' मार्फत फर्किएका छन् ।
निखिलले निर्माण, निर्देशन तथा अभिनय गरेको यो फिल्मबाट धेरैले आशा पनि गरेका छन् । निखिलमाथि अहिले अन्य निर्माताले पनि ठूलै लगानी गरिरहेका छन् भने केही गर्ने तयारीमा पनि छन् ।
निखिलको यो फिल्म चैत्र २७ गतेबाट चल्ने कुरा चलिरहँदा वैशाख १८ मा पुग्यो । तर, अब वैशाख १८ बाट पनि पछि सर्दै जेठ २२ गते पुगेको छ । निखिलले ग्राफिक्सको काम नसकेर फिल्मको मिति पछि सारेको बताए । अब, यो फिल्म जेठ २२ बाट पछि नसर्ने उनको भनाई ।
निखिलका अनुसार उनी हिन्दी फिल्मले नेपालबाट लगेको पैसा नेपालमै रहोस् भन्न चाहन्छन् । यसका लागि उनले आफूलाई सफल स्टार भन्दा पनि सफल निर्देशक बन्ने बताए । यो फिल्ममा अनु शाह, नागेन्द्र रिजाल लगायतका कलाकारको अभिनय छ । फिल्मको सम्पूर्ण छायांकन सर्लाहीमा गरिएको हो ।

