जेठ ८ गते रिलिज हुन लागेको कमेडी फिल्म 'अधकट्टी'को ट्रेलर रिलिज गरिएको छ । फिल्मका पात्रहरू कमेडी रूपमा प्रस्तुत भएर दर्शक तान्ने कोशिसमा छन् ।
सञ्चारकर्मी सुब्रत आचार्यले निर्देशन गरेको 'अधकट्टी'मा विल्सन विक्रम राई, गौरव पहारी, रिस्ता बस्नेत, अशिष्मा नकर्मी, प्रदीप बास्तोलाको मुख्य भूमिका छ भने गजित बिष्ट र नम्रता श्रेष्ठ बिशेष भूमिकामा छन् । यो फिल्मलाई प्रदीप उदयले निर्माण गरेका हुन् ।

