Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सन्नी लियोनीले बढाइन् पारिश्रमिक

फिल्मीखबर, काठमाण्डौ, 2015/04/01
बलिउडमा एकपछि अर्को फिल्म दिन थालेपछि अभिनेत्री सन्नी लियोनी महंगी भएकी छिन् । सन्नी महंगी हुँदा फिल्म बनाउने निर्माताहरु पनि तनावमा देखिएका छन् ।
 
 
'मस्ती' र 'ग्रान्ड मस्ती'को सफलतापछि यसको निर्माता 'ग्रान्ड मस्ती रिटर्न्स' बनाउने तयारीमा लागेका छन् । जसमा विवेक ओवराय, रितेश देशमुख र आफताब नै मुख्य भूमिकामा देखिनेछन् । 
 
दोहोरो अर्थ लाग्ने शब्द र हट दृश्यका कारण 'ग्रान्ड मस्ती' हिट भएकाले 'ग्रान्ड मस्ती रिटर्न्स'मा सन्नीलाई लिएर हट दृश्य खिच्ने तयारी थियो निर्माताको । तर, सन्नीले आफ्नो बढ्दो सफलतालाई हेर्दै ३ करोड पारिश्रमिक मागेकी छिन् । 
 
सन्नीले ३ करोड पारिश्रमिक मागेपछि 'ग्रान्ड मस्ती रिटर्न्स'मा उनलाई लिने योजना असफल भएको छ । सन्नी महंगी भएपछि अहिले अरु नै अभिनेत्रीलाई लिने तयारी गरिएको छ ।
Most Visited News (monthly)