Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

असोजमा `वडा नम्बर ६`

फिल्मीखबर, काठमाण्डौ, 2015/04/01
छायांकनको समयमा नयाँ बर्षमै प्रदर्शनमा ल्याउने तयारी गरिएको फिल्म 'वडा नम्बर ६'लाई असोजमा रिलिज गर्ने तयारी गारिएको छ । यो फिल्म असोज १ गतेबाट प्रदर्शनमा आउने निर्मात्री दीपाश्री निरौलाको भनाई छ । 
 
उज्वल घिमिरेले  निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, सिताराम कट्टेल, केदार घिमिरे, दिपकराज गिरी मुख्य भूमिकामा छन् । कमेडी जनराको यो फिल्मको प्रदर्शन दसैंंको छेको पारेर गर्न लागिएको हो । 
 
दिपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको मुख्य लगानी रहेको यो फिल्ममा सिताराम कट्टेल, केदार घिमिरे र जितु नेपालले पनि निर्माणमा सघाएका छन् । यो टिमले यसअघि 'छ एकान छ' बनाएको थियो ।    
Most Visited News (monthly)