अमेरिकाबाट फर्केको केही समयपछि बल्ल अभिनेता रमेश उप्रेतीले फिल्ममा अभिनयको मौका पाएका छन् । अमेरिकाबाट फर्केपछि कमब्याक गर्ने बिभिन्न बहाना खोजिरहेका रमेशले फिल्म 'ब्रासलेट'मा मुख्य अभिनेताको भूमिकामा पाएका छन् ।

यो फिल्मको घोषणा कार्यक्रम काठमाण्डौको एभरेष्ट होटलमा भयो । तर, रोचक कुरा त के भने फिल्म घोषणा कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर पनि उपस्थित भइन् । करिश्मालाई कार्यक्रम आयोजकले न त स्टेजमा लगे न त कुनै मन्तव्य नै दिन लगाए । तर, करिश्माको उपस्थिती यो कार्यक्रममा हुनुलाई विशेष तरबले हेरियो ।
अमेरिकाबाट फर्केपछि रमेशलाई करिश्माले फिल्म क्षेत्रमा जमाउने तयारी गरिरहेकी थिइन् । जसका लागि उनले रमेशलाई धेरैजसो सार्वजनिक कार्यक्रममा एकसाथ लगेको पनि देखिन्थ्यो । यतिमात्र होइन, दोश्रो एनएफडीसी अवार्डमा करिश्मा र रमेशले स्टेज शेयर पनि गरेका थिए ।
ब्रासलेट घोषणा कार्यक्रममा आफ्नो मन्तव्य राखेर फर्के लगतै करिश्माले रमेशलाई हात मिलाउँदै बधाई दिइन् । रमेश पनि करिश्माको छेउमा नै आएर बसे । भलै करिश्माले रमेशलाई आफ्नै फिल्मबाट कमब्याक गराउन त सकिनन् तरपनि उनले रमेशलाई फिल्म क्षेत्रमा फेरि जमाउनका लागि कोशिश भने गरिरहेकी छिन् ।

