Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

सलमानकी पूर्व प्रेमिकाले खोलिन् राज

फिल्मीखबर, काठमाण्डौ, 2015/03/31
बलिउड अभिनेता सलमान खान सधैं नै यूवतीको मामलामा चर्चित छन् । बलिउडका चर्चित अभिनेत्रीसँग उनको अफेयर चलिसकेको छ । यही भिडमा पर्छिन् पाकिस्तानकी एक मोडल सोमी अली ।
 
 
सोम अली अहिले आफ्नो बायोग्राफी लेख्दै छिन् । उनको बायोग्राफीमा पूर्व प्रेमी सलमान खानको बारेमा पनि थुप्रै कुरा समावेश गरिएको छ । सलमान खानको फिल्म ‘मैने प्यार किया’ हेरेपछि सोम अली उनीसँगै बिहे गर्ने सोच बोकेर भारत आएकी थिइन् । उनको केही समय सलमानसँग अफेयर पनि चलेको थियो । 
 
सलमानले उनलाई रेष्टुरेन्टमा खाजा खाँदै गर्दा कोकको बोतलको टाउकोमा हानेको रहस्य पनि उनले खोलेकी छिन् । सलमानले कोकको बोतलले टाउकोमा हान्दा उनी अस्पतालमा लामै समय भर्ना पनि भएकी थिइन् । 
 
सोमी अली लेख्छिन्–‘सलमानले सो समयमा पहिलो पटक मदिरा पिएका थिए । सायद, यसैले उनले यस्तो व्यवहार गरे ।’ सलमान र सोमी अलीले ९० को दशकमा गहिरो प्रेम गरेका थिए । पछि विविध कारणले उनीहरुको प्रेम छुटेको थियो ।
Most Visited News (monthly)