सुटिङ नसकिंदै निर्देशक दीपक रायमाझीको निधन भएपछि लामो समय रोकिएको फिल्म `डेस्टिनेशन काठमाण्डू` अब भने रिलिजका लागि तयार भएको छ । बैशाख २५ गते रिलिज गर्ने तयारीका साथ फिल्मको ट्रेलर रिलिज गरिएको छ ।
दीपकको चार बर्ष अघि यो फिल्म निर्देशन पुरा नगर्दे निधन भएको थियो । आफ्नो मामाको निधन भएपछि अभिनेता राजेश हमालले नै फिल्म निर्देशक गरेर अधुरो काम पूरा गर्ने चर्चा थियो । राजेशले काम गर्ने छनक नदेखाएपछि अन्तत: सोही फिल्मका सहायक निर्देशक मधुसुदन भट्टराईले फिल्म पूरा गरिदिएका छन् ।
फिल्ममा अष्ट्रेलियन हिरोइन साराह मावेको साथमा दीलिप रायमाझी, झरना थापा, आरपी पन्त, रवि गिरीलगायतका कलाकारको अभिनय रहेको छ । एकजना विदेशी युवती र ठमेलतिर डुल्ने गन्धर्वको प्रेमकथालाई मुख्य बिषय बनाईएको यो फिल्मले दुई देशको संस्कृतिको कथा भन्ने बताईएको छ ।