Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 2.57/5.00)
Text size:-
+
-

`डेस्टिनेशन काठमाण्डू` ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2015/03/31
सुटिङ नसकिंदै निर्देशक दीपक रायमाझीको निधन भएपछि लामो समय रोकिएको फिल्म `डेस्टिनेशन काठमाण्डू` अब भने रिलिजका लागि तयार भएको छ । बैशाख २५ गते रिलिज गर्ने तयारीका साथ फिल्मको ट्रेलर रिलिज गरिएको छ । 
 
दीपकको चार बर्ष अघि यो फिल्म निर्देशन पुरा नगर्दे निधन भएको थियो । आफ्नो मामाको निधन भएपछि अभिनेता राजेश हमालले नै फिल्म निर्देशक गरेर अधुरो काम पूरा गर्ने चर्चा थियो । राजेशले काम गर्ने छनक नदेखाएपछि अन्तत: सोही फिल्मका सहायक निर्देशक मधुसुदन भट्टराईले फिल्म पूरा गरिदिएका छन् ।  
 
फिल्ममा अष्ट्रेलियन हिरोइन साराह मावेको साथमा दीलिप रायमाझी, झरना थापा, आरपी पन्त, रवि गिरीलगायतका कलाकारको अभिनय रहेको छ । एकजना विदेशी युवती र ठमेलतिर डुल्ने गन्धर्वको प्रेमकथालाई मुख्य बिषय बनाईएको यो फिल्मले दुई देशको संस्कृतिको कथा भन्ने बताईएको छ । 
 

Most Visited News (monthly)