मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.00/5.00)
Text size:-
+
-

अनमोलको जन्मदिनमा आना | प्रेम नै हो त ?

फिल्मीखबर, काठमाण्डौ, 2015/03/31
`जेरी` अभिनेता अनमोल केसी र अभिनेत्री आना शर्माको प्रेमले यतिबेला चर्चा पाउन थालेको छ । फिल्मको प्रोमोशनदेखि होलीमा प्रेमको भाव देखाएको यो रिल जोडीले रियल प्रेमको छनक देखाउन थालेको छ ।
 
 
तस्विरहरू : सुष्मिताको फेसबुकबाट  
 
हिजो सोमबार अनमोलले आफ्नो जन्मदिन मनाए । बिहान बुवा भुवन केसीसँग मन्दिर गएर जन्मदिन मनाएका अनमोलले दिउँसो आमा सुष्मिता बमजमसँग लञ्च लिएर मनाए । 
 
सुष्मिताले उक्त अवसरमा अनमोलकी रिल जोडी आना शर्मालाई पनि छुटाउन सकिनन् । अनमोलको जन्मदिनमा आना पनि परिवारको सदस्य बनिन् । सुष्मिताले फेसबुकमा फोटो शेयर गर्दै लेखिन्- 'एन्जोए विथ माई वर्थडे व्वाय अनमोल एन्ड माई डटर आना । स्मल फ्यामेली, ह्याप्पी फ्यामिली ।' 
 
सुष्मिताले यसो लेखिरहँदा आना र अनमोलविच प्रेम रहेको झल्किन्छ । अनमोलले भने आना मिल्ने साथी मात्र रहेको भन्दै आएका छन् । के आना सुष्मिताको परिवारको सदस्य नै हुन् त ?