मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

बर्षको अन्त्यमा जीवनलाई सफलता

फिल्मीखबर, काठमाण्डौ, 2015/03/30
अभिनेता जीवन लुईटेल यो बर्षको अन्तिममा मात्र आएर खुशी देखिएका छन् । लगातार ३ फिल्म असफल भएपछि जीवनलाई डर थियो, यो बर्षको असफल अभिनेताको रुपमा चिनिने । उनले अभिनय गरेका 'शिशा', 'ठूली', 'स्टूपिड मन'ले कमजोर व्यापार गरेपछि उनको मार्केट भ्यालु पनि घटेको बताइयो ।
 
जीवनका हातबाट केही राम्रा भनिएका फिल्न पनि छुटे । यसैले पनि अब फिल्म क्षेत्रमा उनको करिअर धरमरायो भन्नेहरु पनि भेटिए । तर, बर्षको अन्तिममा प्रदर्शनमा आएको फिल्म 'भूलभुलैया'ले उत्साहजनक व्यापार गरेपछि जीवनको हराएको खुशी बल्ल भेटिएको छ ।
 
जीवनले फिल्म सफल बनाउन साथ दिने सबैलाई फेसबुक मार्फत धन्यवाद दिदै आफू खुशी भएको बताएका छन् । ३ दिनमा ५० लाख ग्रस कलेक्शन गरेको बताईएको 'भूलभुलैया'को सफलताले जीवन मात्र होइन अर्की अभिनेत्री निता ढुंगानाको करिअरलाई पनि फाइदा पुगेको छ ।
 
देशभर उत्साहजनक व्यापार गरेको यो फिल्मको अष्ट्रेलियामा पनि प्रदर्शन गरिएको छ । फिल्मलाई हेर्ने दर्शकले रूचाएको प्रतिकृया छ । फिल्म हेर्न हाँस्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला पनि अष्ट्रेलियाको हलमा पुगेका थिए ।