मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

करिश्मासँग भाग्यमानी शिल्पा

फिल्मीखबर, काठमाण्डौ, 2015/03/30
अभिनेत्री शिल्पा पोख्रेलले हालै मात्र अर्की सफल अभिनेत्री करिश्मा मानन्धरको निर्माणमा बनेको फिल्म 'फागु'को छायांकन सकाएकी छिन् । फिल्मको छायांकन सकेर काठमाण्डौ फर्के लगतै शिल्पा फिल्म 'हवल्दार सुन्तली'को प्रमोशनमा व्यस्त देखिएकी छिन् । 
 
शिल्पाले अभिनेत्री करिश्मा मानन्धरको फिल्ममा काम गर्न पाउँदा आफूलाई भाग्यमानी बताएकी छिन् । एक सफल अभिनेत्रीले निर्माण गरेको फिल्ममा मुख्य भूमिका गर्नका लागि भाग्यमा नै लेखेर आउनुपर्छ भन्ने सोच शिल्पाको छ । उनले करिश्मासँग काम गर्दा धेरै कुरा सिकेको र रमाइलो अनुभुती भएको बताएकी हुन् ।
 
शिल्पा पोख्रेल मुख्य भूमिका रहेको फिल्मलाई करिश्माले करिब १२ बर्षपछि निर्माणमा फर्किएर बनाएकी हुन् । फिल्ममा सुवास पराजुली शिल्पाको जोडी बनेर अभिनय गरेका छन् ।