मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानका ड्राइभरले भने, `गाडी मैले चलाएको थिएँ`

फिल्मीखबर, काठमाण्डौ, 2015/03/30
बलिउडका अभिनेता सलमान खान सन् २००२ देखि हिट एन्ड रन केसको पछाडि दौडिरहेका छन् । मदिरा पिएर गाडी चलाउँदा सडक पेटीमा सुतेका मानिसलाई गाडीले कुल्चदा १ को निधन र ३ घाइते भएको मुद्दा सलमानले भोगिरहेका छन् ।
 
गाडी चलाउने मानिस सलमान खान नै भएको उजुरी परेपछि लामो समयदेखि बहस जारी छ । तर, मुद्दाले अहिलेसम्म कुनै फैसला पाएको छैन । शुक्रबार अभिनेता खान पहिलो पटक अदालतको कठघरामा उभिएका थिए । उनले गाडी चलाउने आफू नभई आफ्नो ड्राइभर भएको बताएका थिए ।
 
सोमबार अदालतमा बयान दिदै सलमानका ड्राइभर अशोले गाडी आफूले नै चलाएको बताएका छन् । ड्राइभरको यो बयानबाट सलमान खानमाथि लाग्दै आएको मुद्दाको फैसला कस्तो हुने हो समयले नै बताउनेछ ।
 
सलमानले ड्राइभरले मदिरा सेवन गरेर गाडी चलाएको कुरालाई पनि इन्कार गरेका थिए । उनले गाडीमा आफूसहित ४ मानिस भएको बयान दिएका थिए ।