Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूर्व प्रेमिका नम्रतासँग झोक्किए सविन

फिल्मीखबर, काठमाण्डौ, 2015/03/29
अभिनेता सविन श्रेष्ठ आफ्नी पूर्व प्रेमिका नम्रता झासँग झोक्किएका छन् । नम्रताले आफ्नो बारेमा नचाहिदो कुरा बजारमा गर्दै हिडेको भन्दै  सविनले आफ्नो आक्रोश फेसबुक मार्फत नै सार्वजनिक रूपमा रिस पोखेका हुन् । 
 
पूर्व प्रेमिका नम्रता झासँग अभिनेता सविन श्रेष्ठ
 
आफू र नम्रताको प्रेम २ बर्ष अगाडि नै टुटेको भन्दै आफ्ना बारेमा बजारमा हल्ला गर्दै नहिड्न सविनले नम्रतालाई घुमाउरो शैलीमा धम्की दिएका छन् । नम्रताले सविनलाई आफूले बनाएको र आजको स्थानमा पुर्‍याएको भन्दै हिंडेको सुनेपछि सविन फेसबुकमा पोखिएका हुन् । 
 
सविनले नम्रतालाई आफूले २ बर्षदेखि कुनै एसएमएस र फोन नगरेको र उसको बारेमा कुनै कुरा नगरेको भन्दै आफ्नो बारेमा पनि नगर्न आग्रह गरेका छन् । उनले नम्रतालाई आफ्नो जिवनमा इन्टरफेयर नगर्न चेतावनी दिएका छन् । यस्तै, उनले आफ्नो सफलता आफ्नै मिहिनेतले पाएको भन्दै भोलीका दिनमा कसले कसलाई के गर्यो भन्ने स्पष्ट हुने फेसबुकमा लेखेका छन् ।
 
सविन श्रेष्ठ र नम्रता झाविच बिहे हुने चर्चा पनि चलेको थियो । तर, इङ्गेजमेन्ट गरेर पनि सहमती हुन नसकेपछि दुबैले आफ्नो सम्बन्धलाई समाप्त गरेका हुन् । सविन अहिले फिल्ममा व्यस्त छन् भने नम्रताले पनि 'चलकेट' नामक फिल्ममा काम गरेकी छिन् । 
 
नम्रताले फिल्मीखबरसँगको एक भेटमा सविनकै कारणले फिल्म खेल्न नपाएको सुहाउँदै अब भने फिल्म क्षेत्रमा सकृया भएर लाग्ने बताएकी थिईन् । 
Most Visited News (monthly)