अभिनेता सविन श्रेष्ठ आफ्नी पूर्व प्रेमिका नम्रता झासँग झोक्किएका छन् । नम्रताले आफ्नो बारेमा नचाहिदो कुरा बजारमा गर्दै हिडेको भन्दै सविनले आफ्नो आक्रोश फेसबुक मार्फत नै सार्वजनिक रूपमा रिस पोखेका हुन् ।
पूर्व प्रेमिका नम्रता झासँग अभिनेता सविन श्रेष्ठ
आफू र नम्रताको प्रेम २ बर्ष अगाडि नै टुटेको भन्दै आफ्ना बारेमा बजारमा हल्ला गर्दै नहिड्न सविनले नम्रतालाई घुमाउरो शैलीमा धम्की दिएका छन् । नम्रताले सविनलाई आफूले बनाएको र आजको स्थानमा पुर्याएको भन्दै हिंडेको सुनेपछि सविन फेसबुकमा पोखिएका हुन् ।
सविनले नम्रतालाई आफूले २ बर्षदेखि कुनै एसएमएस र फोन नगरेको र उसको बारेमा कुनै कुरा नगरेको भन्दै आफ्नो बारेमा पनि नगर्न आग्रह गरेका छन् । उनले नम्रतालाई आफ्नो जिवनमा इन्टरफेयर नगर्न चेतावनी दिएका छन् । यस्तै, उनले आफ्नो सफलता आफ्नै मिहिनेतले पाएको भन्दै भोलीका दिनमा कसले कसलाई के गर्यो भन्ने स्पष्ट हुने फेसबुकमा लेखेका छन् ।
सविन श्रेष्ठ र नम्रता झाविच बिहे हुने चर्चा पनि चलेको थियो । तर, इङ्गेजमेन्ट गरेर पनि सहमती हुन नसकेपछि दुबैले आफ्नो सम्बन्धलाई समाप्त गरेका हुन् । सविन अहिले फिल्ममा व्यस्त छन् भने नम्रताले पनि 'चलकेट' नामक फिल्ममा काम गरेकी छिन् ।
नम्रताले फिल्मीखबरसँगको एक भेटमा सविनकै कारणले फिल्म खेल्न नपाएको सुहाउँदै अब भने फिल्म क्षेत्रमा सकृया भएर लाग्ने बताएकी थिईन् ।