मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

`भूलभुलैया` हेर्न उर्लिए दर्शक !

फिल्मीखबर, काठमाण्डौ, 2015/03/29
गत शुक्रबारबाट प्रदर्शनमा आएको लभस्टोरी फिल्म 'भूलभुलैया' हेर्न हलमा दर्शकको बाक्लो भिड लागेको छ । फिल्मका काठमाण्डौ वितरक गोपाल कायस्थले शुक्रबार नै ओपनिङ राम्रो भएको र शनिबारको प्राय शो हाउसफुल भएको जानकारी दिए । 
 
 
 
वितरक कायस्थले शुक्रबार यो फिल्मको काठमाण्डौमा १२ लाख बराबरको कलेक्सन भएको जानकारी दिंदै शनिबार झन्डै १६ लाख रूपैयाँको कारोबार भएको बताए । उनका अनुसार ४/५ महिना यता चलेका फिल्मको व्यापारमा यसको व्यापार राम्रो हो ।
 
पोखरामा यो फिल्मले शनिबार मात्रै साढे दुई लाखको व्यापार गरेको जानकारी दिंदै कायस्थले भने- 'काठमाण्डौको अष्टनारायणमा मात्रै तीन लाख भन्दा माथीको व्यापार छ ।' 
 
फिल्मका निर्देशक योगेश घिमिरेले पनि फिल्म राम्रो चलेको बताए । हर्षका साथ फिल्मीखबरसँग कुरा गर्दै घिमिरेले भने- 'फिल्म हेर्न दर्शकको भिड देख्दा खुसी लागेको छ । यो हाम्रो लागि मात्र हैन फिल्म क्षेत्रकै लागि खुसीको कुरा हो ।' 
 
जीवन लुईटेल, नीता ढुंगाना र सोहित मानन्धरको मुख्य भूमिका रहेको यो फिल्म चल्नुको मुख्य कारण गीत सगीतलाई दिईएको छ । फिल्मको गीत चर्चामा रहेकाले दर्शकको फिल्म हेर्ने चाह बढेको हो । यस्तै फिल्म हेरेपश्चात दर्शक हलबाट खुसी भएर बाहिर निस्किएको देखिन्छ ।