मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मल्टीकप्टरले यसरी खिच्यो `चंखे शंखे पंखे`

फिल्मीखबर, काठमाण्डौ, 2015/03/29
नेपाली फिल्म उद्योगमा निकै महंगो मेकरका रुपमा चिनिएका निर्देशक सुदर्शन थापाले फिल्म 'चंखे शंखे पंखे'को एक दृश्य कैदका लागि मल्टीकप्टरको प्रयोग निकै मजाले गरेका छन् । फिल्ममा प्रयोग हुने जम्मा २० सेकेण्ड लामो दृश्यका लागि उनले एक दिन लगाएर दृश्य कैद गर्दा सुटिङ माहोल रोचक बनेको थियो । 
 
 
 
मंहगो खर्चका साथ शनिबार फिल्म टिमले ग्रयाण्ड डी हस्पिटल परिसरमा ३० सकेण्डको सुन्दर फुटेज कैद गरेपछि फिल्मको सुटिङ पूर्ण रुपमा प्याकअप भएको जनाएको छ । सुटिङमा मात्र हैन, आउँदो जेठ एक गते रिलिज हुने 'चंखे शंखे पंखे'को प्रचार प्रसारका लागि ३० लाख बजेट छुट्याएको निर्माता सन्तोष सेनले जनाएका छन् । 
 
'हामी बलिउडको शैलीमा प्रचार प्रसार गर्ने सोच सहित अघि बढेका छौं । राम्रो फिल्म बनाएकाले प्रचार प्रसारमा कम्प्रमाईज नगरौं भनेर यो निर्णय गरिएको हो',  सेनले बताए । 
 
नेपालमै बनेको मल्टीकप्टर जसलाई दुई ईन्जिनियरले अपरेट गर्दै फिल्मको दृश्य कैद गराउँदा सिनेमाटोग्राफर राजेश श्रेष्ठ पनि जोशिएका थिए । उनले अध्ययनका क्रममा एवं बलिउडमा काम गर्दा यसको प्रयोग धेरै पटक गरेपनि नेपालमा पहिलो पटक प्रयोग गरेको बताएका छन् । मल्टीकप्टर चलाउनका लागि योग्य प्राविधिकहरुको संख्या नपुगेको श्रेष्ठको भनाई छ । 
 
झण्डै एक केजीको तौल र करिब २० ईन्चको हाईटमा बनाईने मल्टीकप्टरमा उच्च क्वालिटीमा दृश्य कैद गर्न सक्ने ग्रोप्रो क्यामेरा प्रयोग गरिन्छ । आवश्यक्ता र डिमान्ड अनुसार फाईभ डि, रेड ईपिक र स्कारलेट जस्ता क्यामेराको प्रयोग गरेर पनि मल्टीकप्टरबाट दृश्य लिईन्छ तर यसका लागि जति बढी तौल हुन्छ त्यतिनै धेरै पखेटा जडान गरिएका मल्टीकप्टर तयार रोज्नु पर्ने हुन्छ ।
 
 
 
नेपालमा ४ देखि १२ वटा सम्म पखेटा लगाएर नेपाली ईन्जिनियरहरुले मल्टीकप्टर तयार गरेको बुझिएको छ । ईन्जिनियर सुजिल मानन्धरका अनुसार मल्टीकप्टरलाई ८ सय मिटर सम्मको उचाईमा उडाएर पनि दृश्य कैद गर्न सकिन्छ तर फिल्मको दृश्य कैद गर्नका लागि ३ सय मिटर सम्मको उचाई उपयुक्त हुनेछ । 
 
मल्टीकप्टरको प्रयोग गरी सुटिङ गर्दा दुई वटा रिमोटको प्रयोग हुन्छ । एक रिमोर्टलाई मल्टीकप्टर उडाउन प्रयोग गरिन्छ भने अर्कोलाई मल्टीकप्टरमा रहेको क्यामेरा दायाँ बाया घुमाउँन प्रयोग गरिन्छ । क्यामेरा दायाँ बाया गर्ने निर्देशन चाँहि फिल्मका सिनेमाटोग्राफरले गरेका हुन्छन् । 
 
यसरी रिमोर्टको निर्देशनबाट मल्टीकप्टर जति उचाईमा पुगेपनि त्यसको खिचाई कस्तो आउँछ भनेर हेर्नका लागि वायरलेस मनीटरमा हेर्न सकिन्छ । यहि मनिटरमा हेरेर सिनेमाटोग्राफरले मल्टीकप्टर अपरेटरलाई क्यामेरा र मल्टीकप्टर दायाँ बायाँ गर्ने निर्देशन दिन्छन् । 
 
अत्यन्त जोखिम र सहज दुवै दुवै चिजको गुण रहने मल्टीकप्टरमा जि.पि.एस. (ग्लोबल पोजिसन सिस्टम रिसिर्भर) अर्थात भु-उपग्रहको माध्यमबाट सहजै उडाईने र अवतरण गर्न सकिन्छ । दिईएको जानकारी अनुसार ईन्टरनेटको प्रयोग गरी जि.पि.एस. सिस्टममा मल्टीकप्टर उडाईएमा यसले आफैले लोकेशन पत्ता लगाउँदै उडान भर्ने र अवतरण गर्ने गर्दछ । 
 
नेपाली ईन्जिनियरहरुले ५० हजार देखि ४ लाख सम्मको लागतमा मल्टीकप्पटर निर्माण गरी विक्रि समेत गर्ने गरेका छन् ।