मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनुष्का र ऐश्वर्यासँग उत्साहित करण

एजेन्सी, मुम्बई, 2015/03/27
बलिउडमा करण जोहर सफल निर्माता तथा निर्देशक मानिन्छन् । करण जोहरले बलिउडका चर्चित कलाकार शाहरूख खानदेखि काजोलसम्म एकसाथ काम गरिसकेका छन् । तर, उनै करण अन्य दुई अभिनेत्रीसँग काम गर्न पाउँदा सर्वाधिक उत्साहित देखिएका छन् ।
 
 
करण जोहर 'ए दिल हे मुश्किल' नामको फिल्म बनाउँदैछन् । यो फिल्मको निर्देशक पनि उनी स्वयंम हुन् । करणले बनाउन लागेको यो फिल्ममा ऐश्वर्या राय बच्चन र अनुष्का शर्मा अभिनेत्रीको रुपमा पक्का छन् । 
 
करणले यी दुई अभिनेत्रीसँग अहिलेसम्म काम गरेका छैनन् । यसैले पनि उनले यी दुई अभिनेत्रीसँग काम गर्न आफू उत्साहित भएको र पर्खन नसक्ने बताएका छन् । यो फिल्ममा रणवीर कपुर मुख्य कलाकारको रुपमा छन् ।