Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि सौगातको तारिफ

फिल्मीखबर, फिल्मीखबर, 2015/03/27
प्रदर्शन भएकै दिन फिल्म `षडङ्ग` देखाइएको छ । काठमाण्डौको कुमारी हलमा यो फिल्मको शो गरिएको हो । फिल्म हेर्नका लागि रंग पत्रकार र केही फिल्मीकर्मी हलमा पुगेका थिए ।
 
 
सुरज सुुनुवारले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, अनुप बराल, प्रियंका कार्की, सौरमराज तुलाधर, ए गुरुग, नविन मानन्धर लगायतका कलाकारको अभिनय छ ।
 
फिल्म हेरेपछि अभिनेता सौगात मल्लको अभिनयलाई मुक्तकण्ठले प्रशंसा गरिएको छ । मधेसी मुलको डनको भूमिकामा देखिएका सौगातले सम्पूर्ण फिल्म नै धानेका छन् ।
 
यो फिल्मले ग्याङस्टार र अभिनेत्रीको कथा देखाएको छ । अभिनेत्रीहरु पैसाका लागि जे पनि गर्छन् र शरीर समेत अरुलाई सुम्पन तयार हुन्छन् भन्ने भाव फिल्ममा देखिएको छ । यस्तै, नेपालका राजनीतिक दलका नेता, मन्त्री र प्रहरीलाई पनि फिल्मले घोचपेच गरेको छ ।
 
फिल्मको संवादलाई सबैभन्दा बढी तारिफ मिलेको छ । कथावस्तु र पटकथामा केही कमजोर भएपनि संवाद भने उत्कृष्ट रहेको प्रतिक्रिया फिल्मले पाएको छ ।
Most Visited News (monthly)