Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`स्टूपिड मन` अभिनेत्री प्रेममा

फिल्मीखबर, काठमाण्डौ, 2015/03/27
जापानमा रहेर अध्ययन गरिरहेकी फिल्म 'स्टूपिड मन'की अभिनेत्री चाँदनी शर्मा प्रेममा डुबेकी छिन् । उनले फेसबुक मार्फत नै आफू प्रेममा जोडिएको खुलाएकी हुन् ।
 
 
अभिनेत्री शर्मा अजय पोख्रेलसँग प्रेममा जोडिएकी हुन् । उनले आफूहरु भर्खरै मात्र प्रेममा जोडिएको बताइन् । चिनजान भएको लामै समय भैसकेपनि प्रेम सम्बन्ध भर्खरै भएको चाँदनीको भनाई छ । उनले परिवारबाट अजयसँग बिहे गर्नका लागि आग्रह गरेपछि बल्ल सम्बन्धमा जोडिने निर्णय गरेको बताइन् । 
 
चाँदनीका अनुसार सुरुवातमा उनीहरु राम्रो साथी भएपनि प्रेममा थिएनन् । तर, जब अजयसँग बिहेका लागि परिवारले नै अफर गर्यो त्यसपछि उनीहरुले तत्काल बिहे नगर्ने निर्णय गरे । 
 
जापानमा रहेकी चाँदनीले फिल्म 'स्टूपिड मन'बाट राम्रो तारिफ बटुलेपनि यसपछि भने फिल्ममा काम गरेकी छैनन् । उनी नेपाल आएर फिल्ममै समय दिने बताउँछिन् । उनले प्रेम सम्बन्ध गाँसिएपनि तत्काल बिहे नगर्ने बताइन् ।
Most Visited News (monthly)