जापानमा रहेर अध्ययन गरिरहेकी फिल्म 'स्टूपिड मन'की अभिनेत्री चाँदनी शर्मा प्रेममा डुबेकी छिन् । उनले फेसबुक मार्फत नै आफू प्रेममा जोडिएको खुलाएकी हुन् ।
अभिनेत्री शर्मा अजय पोख्रेलसँग प्रेममा जोडिएकी हुन् । उनले आफूहरु भर्खरै मात्र प्रेममा जोडिएको बताइन् । चिनजान भएको लामै समय भैसकेपनि प्रेम सम्बन्ध भर्खरै भएको चाँदनीको भनाई छ । उनले परिवारबाट अजयसँग बिहे गर्नका लागि आग्रह गरेपछि बल्ल सम्बन्धमा जोडिने निर्णय गरेको बताइन् ।
चाँदनीका अनुसार सुरुवातमा उनीहरु राम्रो साथी भएपनि प्रेममा थिएनन् । तर, जब अजयसँग बिहेका लागि परिवारले नै अफर गर्यो त्यसपछि उनीहरुले तत्काल बिहे नगर्ने निर्णय गरे ।
जापानमा रहेकी चाँदनीले फिल्म 'स्टूपिड मन'बाट राम्रो तारिफ बटुलेपनि यसपछि भने फिल्ममा काम गरेकी छैनन् । उनी नेपाल आएर फिल्ममै समय दिने बताउँछिन् । उनले प्रेम सम्बन्ध गाँसिएपनि तत्काल बिहे नगर्ने बताइन् ।