Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`नाईं नभन्नु ल ३`मा माल्भिका सुब्बा

फिल्मीखबर, काठमाण्डौ, 2015/03/26
यो जिवन चुडिएको चंगा जस्तै, समयले उडाई लादो रैछ
कहिले रूख झारमा अल्झिदो रैछ, कहिले बिजुली तारमा बल्झिदो रैछ
 
चैत्र २७ गते रिलिज हुन लागेको फिल्म 'नाईं नभन्नु ल ३'मा समावेश माथीका हरफहरूमा पूर्व मिस नेपाल, अभिनेत्री तथा निर्माता माल्भिका सुब्बाको स्वर सुन्न सकिने छ । माल्भिकाले आज बिहीबार महाराजगञ्जको रेड स्टुडियोमा फिल्मको न्यारेशनका लागि डबिङ गरिन् । 
 
माल्भिकाको स्वर कथा अनुसार सुहाउँदो र बोल्ड भएकाले 'न्यारेशन'का लागि सहयोग मागेको फिल्मका निर्माता विकास आचार्यले जानकारी दिए । यता माल्भिकाले पनि फिल्म राम्रो बनेको प्रतिकृया दिईन् । उनले हेरेको जति पक्ष राम्रो रहेको बताईन् । 
 
आर्यन सिग्देल, प्रियंका कार्की, अनुभव रेग्मी, सफला भट्टराई, सञ्चिता लुईटेल, सुरज सिंह ठकुरी, संयम पुरी र आश्मा डिसीको मुख्य भूमिका रहेको `नाईं नभन्नु ल ३`लाई मुस्कान ढकालले निर्देशन गरेका हुन् ।  
 
वान टाइम सिनेमा प्रालीको व्यानरमा बनेको यो फिल्मका लेखक तथा निर्माता विकास आचार्य हुन् । फिल्ममा बसन्त सापकोटाको संगीत छ जसले 'नाईं नभन्नु ल २'मा ब्लकबस्टर संगीत दिएका थिए ।
 
      
Most Visited News (monthly)