मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धुर्मुस र सुन्तलीले अमेरिका तताउने

फिल्मीखबर, काठमाण्डौ, 2015/03/26
अमेरिकामा आयोजना हुन लागेको 'नयाँ बर्ष २०७२ धमाका भाग १’मा हाँस्य कलाकार जोडी सिताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' बिशेष आकर्षणको केन्द्र हुने भएका छन् । कार्यक्रममा सहभागी दर्शकलाई मनोरञ्जन दिन धुर्मुस र सुन्तली अमेरिका जाने भएका हुन् । 
 
 
वल्र्ड बिजनेश मेनेजमेन्ट एण्ड कन्सल्टेन्ट नेपालको सहकार्यमा डब्लुबीएमसी अमेरिकाले त्यहाँका २ दर्जन राज्यमा आयोजना गर्न लागेको कार्यक्रममा उनीहरुले आफ्नो आकर्षक प्रस्तुती दिनेछन् । यस्तै सो कार्यक्रममा गायक प्रमोद खरेल, पशुपति शर्मा र गायिका संगीता थापा मगरको समेत प्रस्तुती हुनेछ । 
 
आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कुञ्जनाले आफू र धुर्मुस सरसफाई दूत भएकाले सरसफाई अभियानको निरन्तरता अमेरिकामा पनि दिने जानकारी दिइन् । धुर्मुसले अमेरिकामा रहेका नेपालीलाई सुदुरपश्चिम क्षेत्रमा रहेका बासिन्दाका लागि चर्पी बनाउने अभियानमा सहयोग गर्न आग्रह गर्ने बताए । 
 
आउँदो अप्रिल ४ बाट भर्जिनियामा शुरु हुने कार्यक्रम अमेरिकाका बिभिन्न स्टेटमा पुगेर ३० मेमा टुंगिनेछ ।