मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब बिहे नगर्ने छविको कसम | रेखाको इण्ट्री हुन सक्ने

फिल्मीखबर, काठमाण्डौ, 2015/03/19
निर्माता छविराज ओझाले अब आफूले बिहे नगर्ने बताएका छन् । आज एक अनलाइनसँग कुरा गर्दै छविले आफूलाई सबै यूवती उस्तै लाग्न थालेको भन्दै उनले बिहे नगर्ने बताएका हुन् ।
 
छविले बिहे नगरुन्जेलसम्म राम्रो लाग्ने यूवती बिहे गरेपछि एकाएक परिवर्तन हुने भन्दै अब यसको बारेमा सोच्न पनि नसक्ने बताए । उनले बिहे गर्नु भनेको बेकारको टेन्सन लिनु हो समेत भनेका छन् ।
 
अभिनेत्री रेखा थापासँग सम्बन्ध बिच्छेद गरेपछि छवि एक्लै बस्दै आएका छन् । उनको नाम अहिले अभिनेत्री शिल्पा पोख्रेलसँग पनि जोडिएको छ । तर, छविले शिल्पासँग आफ्नो नाम जोडिनुलाई कुनै नौलो बिषय नभएको बताएका छन् । उनले शिल्पा आफूलाई मन परेकाले नै फिल्ममा निरन्तर लिइरहेको बताए ।
 
छविले अभिनेत्री रेखा थापासँग काम गर्ने संभावना पनि पूर्ण रुपमा रहेको खुलाएका छन् । उनले रेखालाई आफूले नै अभिनेत्री बनाएको भन्दै उनलाई कथावस्तु सुहाएको खण्डमा लिने बताए ।
 
छवि ओझाले निर्माण गरेको फिल्म 'हवल्दार सुन्तली' चैत्र २७ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्ममा सविन श्रेष्ठ, शिल्पा पोख्रेल र किशोर खतिवडा मुख्य भूमिकामा छन् ।